मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज २०८२ साल कात्तिक ६ गते बिहीबारको राशिफल

काठमाडौं। आज २०८२ साल कात्तिक ६ गते बिहीबार। कात्तिक शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ अक्टोबर २३ तारिख। आज तिहारको प्रमुख दिन भाइटीका। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।

मेष: आज सानातिना समस्यामा अल्झनुपर्नेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। व्यापार व्यवसायमा पनि मन्दी आउनसक्छ।

वृष: आज रमाइलो यात्राको योग रहेको छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। प्रेममा मधुरता छाउनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह रहला।

मिथुन: आज लक्ष्मी प्रसन्न हुने योग छ। सामाजिक, धार्मिक कार्यमा रुचि बढ्ने छ। प्राविधिक क्षेत्रमा रुचि बढ्ने छ। राज्यबाट मान सम्मान पनि पाइनेछ।

कर्कट: आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् शुभकार्यको चर्चा चल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ।

सिंह: सौन्दर्यतामा धन खर्च हुने छ। नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला। गरेका काममा ढिलासुस्ती हुनेछ। यात्रामा मालसामान हराउन सक्छ।

कन्या: आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ। नयाँ कार्यको योजना बन्नेछ। शत्रुमाथि विजय मिल्ने समय छ। रमाइलो यात्राको योग पनि छ।

तुला: आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ।

वृश्चिक: रमणीय र सुखद् यात्राको योग छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

धनु: आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ। सवारी साधन सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला।

मकर: प्राविधिक काममा सफलता प्राप्त हुनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ। चिन्ता छाडेर चिन्तन गर्ने समय छ। प्रेमीको सहयोग पनि प्राप्त हुनेछ।

कुम्भ: घरायसी कार्य अगाडि बढ्नेछ। परिवारमा सुख सन्तोष छाउने छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। सफल यात्राको योग पनि छ।

मीन: आज विद्या र बुद्धिको विकास हुनेछ। दाम्पत्य जीवन सुखमय रहला। नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन्। राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?