मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘आ बाट आमा’ को पोस्टर सार्वजनिक

काठमाडौं। निर्देशक चन्द्र पन्त निर्देशित नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ तिहारको लक्ष्मीपूजाको अवसरमा नयाँ पोस्टरसहित माघ १६ गते प्रदर्शन हुने घोषणा गरिएको छ।

सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाह खुशी मुन्द्रामा देखिन्छन्, जसले बुबा–आमा र सन्तानबीचको भावनात्मक सम्बन्ध झल्काउँछ। संवाद ‘बा–आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं’ ले फिल्मको ग्रामीण परिवेश र पारिवारिक यथार्थ प्रतिनिधित्व गर्छ।

आर्या पन्तको प्रस्तुतिमा बनेको यो फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त लगायत कलाकारको अभिनय छ। चन्द्र पन्तले फिल्मको कथा, पटकथा र निर्देशन सम्हालेका छन्।

फिल्म आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो। निर्माता ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना हुन् भने कार्यकारी निर्माता करण सिंह रसाइली रहेका छन्।

फिल्मको संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम छन्। विदेश प्रदर्शन अधिकार हिमारु इन्टरटेन्मेन्टले अस्ट्रेलिया र न्युजिल्याण्डका लागि लिएको छ भने नेपालमा आरआर फिल्म्स र डिजिटल अधिकार ओएसआर डिजिटलले लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?