काठमाडौँ। नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा कतारविरुद्ध टस जितेको छ।
सोमबार ओमानको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड-१ मा टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो। खेल नेपाली समय अनुसार सवा चार बजेदेखि सुरु हुनेछ। नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारी स्वरुप यो अभ्यास खेल खेलेको हो।
यसअघि आइतबार भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया