मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘जेरी अन टप’को प्रचारमा अनमोल र जसिता कालिम्पोङमा

काठमाडौं। नेपाली चलचित्र ‘जेरी अन टप’ का प्रमुख कलाकार अनमोल केसी र जसिता गुरुङले भारतको पश्चिम बंगालस्थित कालिम्पोङबाट फिल्मको प्रचारप्रसार सुरु गरेका छन्।

उनीहरू आइतबार आयोजित ‘शहीद कप टुर्नामेन्ट २०२५’ को फाइनल खेलमा विशेष अतिथिका रूपमा सहभागी हुन कालिम्पोङ पुगेका हुन्। उनीहरूसँगै चलचित्रका निर्देशक सुयोग गुरुङ पनि रहेका छन्। टुर्नामेन्टको शहीद मैदानमा आयोजना हुने फाइनल खेलमा १० हजारभन्दा बढी दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ।

सहभागिताको अवसर पारेर फिल्म टोलीले आगामी रोमान्टिक चलचित्र ‘जेरी अन टप’ को प्रचारप्रसार गर्ने तयारी गरेको हो। कालिम्पोङ, सिक्किम र सिलिगुढीजस्ता नेपालीभाषी समुदाय बाक्लो रहेका क्षेत्रहरूमा नेपाली चलचित्रको राम्रो बजार रहँदै आएको छ। यसअघि पनि केही नेपाली फिल्महरूले यिनै क्षेत्रमा उल्लेखनीय व्यापार गरेका थिए।

फिल्म प्रचारको क्रममा अनमोल केसीले पूर्वोत्तर भारतसँगको सम्बन्धलाई बलियो बनाइरहेका छन्। यसअघि उनले वैशाखको पहिलो साता सिलिगुढीमा ‘मिट एन्ड ग्रीट’ कार्यक्रम आयोजना गरी स्थानीय दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गरेका थिए।

‘जेरी अन टप’ अनमोल केसीको प्रतीक्षित चलचित्रमध्ये एक मानिएको छ। फिल्मको नयाँ गीत ‘कस्तुरी’ आगामी सोमबार युट्युबमा सार्वजनिक हुँदैछ। गीतमा अनमोल र जसिता गुरुङको रोमान्टिक अभिनय प्रस्तुत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?