मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘सोल्टिनी’को टिजर सार्वजनिक, कार्तिक ६ मा भाइटिकाको दिन रिलिज हुने

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ को टिजर सार्वजनिक गरिएको छ। प्रकाश सपुत र परीक्षा लिम्बु मुख्य भूमिकामा रहेको चलचित्र कार्तिक ६ गते, भाइटिकाको दिन, प्रदर्शनमा आउँदैछ।

टिजरमा अभिनेता र अभिनेत्रीबीचको प्रेम सम्बन्ध, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई समेटिएको छ। यसअघि सार्वजनिक चार फरक पोस्टरले चलचित्र प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित रहेको संकेत दिएको थियो। टिजरले ती पक्षलाई थप प्रस्ट्याउँदै ग्रामीण जीवनशैली, सामाजिक सङ्घर्ष र जातीय भेदभाव जस्ता मुद्दालाई पनि उजागर गरेको छ।

चलचित्रको निर्देशन अर्जुन सुवेदीले गरेका छन्। सपुत र लिम्बुसँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, र सुजन खतिवडाको अभिनय रहेको छ।

चलचित्रमा विशेष चर्चा बटुलिरहेको पक्ष भनेको कार्यकारी निर्माता ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ को सहभागिता हो, जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरेका छन्।

इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुर जस्ता रमणीय स्थानमा छायाङ्कन गरिएको फिल्ममा समाजमा व्याप्त अमानवीयता र जातीय विभेद विरुद्धको सशक्त सन्देश समेटिएको निर्देशक सुवेदीले बताएका छन्। दुई मुख्य पात्रबीचको प्रेम यस चलचित्रको भावनात्मक मेरुदण्ड हो।

चलचित्रका गीतमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत रहेको छ भने छायाङ्कन सुशन प्रजापतिले, कथा–पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईले तयार पारेका हुन्।

रेजिना बिष्ट र संसार चौलागाईं निर्माता रहेको चलचित्रका सह–निर्माता रोशन चौलागाईं, वसन्त कटुवाल र सुजन अधिकारी छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका छन्। चलचित्रलाई टि फल्क्स फिल्म्सले नेपालभर वितरण गर्नेछ भने डिजिटल अधिकार OSR Digitalले खरिद गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?