मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वडाहरुले खेलाडी उत्पादन गर्ने फुटवल प्रशिक्षण कार्यक्रम

मोरङ – थरीशनिश्चरे नगरका २ वटा वडाहरुले ग्रासरुटवाट फुटवल खेलाडी उत्पादन गर्ने उद्धेश्य राखेर फुटवल प्रशिक्षण कार्यक्रम ल्याएका छन् । पथरीशनिश्चरे वडाको २ नम्वर र ८ नम्वर वडाले फुटवल खेलाडी उत्पादन गर्न ग्रासरुट फुटवल प्रशिक्षण कार्यक्रम सुरु गरेका हुन् ।

वडा नम्वर २ ले ए डिभिजन र वि डिभिजन लिगमा उत्कृष्ट प्रर्दशन गरेका फुटवलरलाई प्रशिक्षकको जिम्वेवारी दिएको छ । चर्च व्याइज युनाइटेडलाई लिग उपाधी दिलाउदाका मुख्य खेलाडी सन्तोष न्यौपाने र वि डिभिजनको आरसिटीवाट खेलेका अनिल चुडाल र लाल वहादुर लावतीलाई प्रशिक्षकको जिम्मेवारी दिएको वडा अध्यक्ष नैना राईले जानकारी दिए ।

वडाकै ३ वटा खेल मैदानमा ६० भन्दा वडी नयाँ फुटवल खेलाडीले प्रशिक्षण गर्ने छन् । पन्चायत मावीको खेल मैदान, वन सिमाको गोल चौरी र बासघरे चौरीमा प्रशिक्षण सुरु गरिएको हो । फुटवल क्षेत्रवाट पनि राष्ट्रलाई योगदान दिन खेलाडी उत्पादनको कार्यक्रम ल्याइएको हो ।

त्यस्तै वडा नम्वर ८ ले समेत खेलाडी उत्पादनका लागी फुटवल प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । पथरी शनिश्चरे ८ मा भर्खरै निर्माण सम्पन्न बुद्घ मावीको (प्रस्तावित नगर रंगशाला) मा फुटवल खेलाडीले प्रशिक्षण गर्ने भएका छन । वडा नं. ८ ले पनि वजेट विनियोजन गरेर फुटवल प्रशिक्षण सुरु गरिएको छ । पहिलो चरणमा वडाको एक स्थानमा फुटवल ग्राउण्ड भएकाले धेरै खेलाडीलाई समेटने प्रयास गरिएको वडा अध्यक्ष नविन कार्कीले जानकारी दिए ।

पथरी शनिश्चरे नगरमा मात्रै आधा दर्जन खेलाडी वि डिभिजन लिगमा सहभागी भएका छन् । १४ वर्ष देखी १८ वर्षका खेलाडीले दुवै वडाले सु्रु गरेको फुटवल प्रशिक्षणमा सहभागी भएका छन् । यसरी स्थानिय सरकारले नै खेलाडी उत्पादनका लागी कार्यक्रम ल्याउनु सकारात्मक भएको फुटवल खेलाडीहरु वताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?