काठमाडौं- नेपाली बजारमा सोमबार सुनको भाउ स्थीर रहेको छ । आइतबार प्रतितोला ५०० रूपैयाँ घटेको सुनको भाउ सोमबार स्थLर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन कारोबार सोही मूल्यमा भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया