काठमाडौँ – कोरोना महामारीले हाम्रो फोक्सो मात्र नभई नसाहरू र मुटुको स्वास्थ्यमा समेत गम्भीर असर पुर्याएको छ। युरोपियन हार्ट जर्नलमा प्रकाशित एक नयाँ अध्ययनले कोभिड-१९ बाट निको भएका व्यक्तिहरूमा नसाहरूको उमेर वास्तविक उमेरभन्दा पाँच वर्ष बढी छिटो बढेको देखाएको छ।
अष्ट्रेलिया, ब्राजिल र युरोपका १६ देशका २४०० जना सहभागीमा गरिएको यस अनुसन्धानले कोरोना संक्रमणले नसाको लचिलोपनमा कमी आएर रक्तसञ्चारमा समस्या आउने र मुटुमा तनाव बढ्ने तथ्य पुष्टि गरेको छ। यसले हृदयघात, स्ट्रोक र उच्च रक्तचापजस्ता रोगहरूको खतरा बढाउन सक्छ।
अनुसन्धानका अनुसार, कोरोना संक्रमणपछि पनि नसामा सूजन र क्षति रहन्छ जसले नसाको स्वास्थ्यलाई दीर्घकालीन रूपमा प्रभावित गर्दछ। यसका कारण रक्तसञ्चारमा अवरोध आएर मुटुमा अत्यधिक दबाब पर्न जान्छ।
विशेषज्ञहरूले नसाहरूको स्वास्थ्य रक्षा गर्न सन्तुलित आहार, नियमित व्यायाम, रक्तचाप र मधुमेह नियन्त्रण, तनाव व्यवस्थापन तथा नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको बताए।
यस अध्ययनले कोरोना महामारीपश्चात पनि दीर्घकालीन स्वास्थ्य जोखिमहरूलाई चुनौती दिनुपर्ने आवश्यकतालाई स्पष्ट पार्दै स्वास्थ्य सचेतनामा जोड दिएको छ। प्रहरीक स्वास्थ्य विशेषज्ञहरू सबैलाई आफ्नो मुटु र नसाको स्वास्थ्यमा विशेष ध्यान दिन सुझाव दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया