काठमाडौं- अभिनेता तथा पूर्वमिस्टर नेपाल जीवन लुइँटेल ७ वर्षपछि फिल्म अभिनयमा फर्कन लागेका छन्। कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्ने ‘सकम्बरी’ मा उनले शीर्ष भूमिका निर्वाह गर्नेछन्।
बुधबार जीवनसँग लिखित सम्झौता भएको छ भने सोही दिन अभिनेता अर्पण थापा पनि फिल्ममा अनुबन्धित भएका छन्। जीवनले सुयोगवीर र अर्पणले शिवराजको पात्रमा अभिनय गर्नेछन्।
निर्माता प्रकाश पुरीका अनुसार ‘शिरीषको फूल’ बाट प्रभावित भए पनि फिल्मको कथा पूर्णत: नयाँ हुनेछ। नेपाल र म्यानमारमा छायांकन हुने फिल्मको बजेट करिब ३ करोड रहने जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया