मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उत्तराखण्डको बाढीमा बेपत्ता नेपालीको खोजीका लागि कूटनीतिक पहल अघि बढिसकेको छ: परराष्ट्रमन्त्री राणा

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उत्तराखण्डमा आएको बाढीमा परेर बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि कूटनीतिक पहल भइरहेको बताएकी छन् ।

मन्त्री राणाले शुक्रबार बिहान सामाजिक सञ्जाल एक्समार्फत बेपत्ता नागरिकको खोजीका लागि पहल भइरहेको जानकारी दिएकी हुन् ।

उनले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई भारत सरकारसँग समन्वय गरी हराइरहेका नेपाली नागरिकको खोजी तथा उद्धार कार्यमा तदारूकताका साथ लाग्न निर्देशन दिइसकेको बताएकी छन् ।

‘छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागिरहेको छ,’ मन्त्री राणाले भनिन्, ‘नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ। दिल्लीस्थित दूतावासलाई समन्वय गर्न निर्देशन दिइसकेको छु।’

गत मंगलबार उत्तराकाशी जिल्लाको धरालीमा एक्कासि आएको बाढीमा परे १८ नेपालीहरू बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?