मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजदेखि ‘मोहर’ र ‘सिटामोल’ देशभरका हलमा प्रदर्शन

काठमाडौँ- साउन २३ गते शुक्रबारदेखि दुई नेपाली फिल्म ‘मोहर’ र ‘सिटामोल’ देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आएका छन्।

ओम प्रतिक निर्देशित ‘मोहर’ र राज बहादुर साने निर्देशित ‘सिटामोल’ दुवै फिल्मलाई हलहरूले राम्रा शो उपलब्ध गराएका छन्। दुई दिन अघिदेखि खुल्ला भएको अग्रीम बुकिङ पनि उत्साहजनक देखिएको छ, जसले दर्शकको चासो झल्काउँछ।

प्रचार–प्रसारमा सक्रिय यी फिल्महरूका लागि यो फेस्टिभ विकेन्ड (जनैपूर्णिमा, गाईजात्रा) विशेष अवसर बनेको छ। प्रदर्शनको पहिलो दिन शुक्रबारसँगै शनिबार र आइतबारको भीड उपयोग गर्दै दर्शक आकर्षित गर्ने लक्ष्य लिइएको छ।

दुवै फिल्मले पहिलो तीन दिन दर्शक तान्न सकेमा ‘माउथ अफ वर्ड’ अर्थात् दर्शकको प्रशंसाले हलसम्म थप दर्शक ल्याउने अपेक्षा गरिएको छ। दर्शकको राम्रो प्रतिक्रिया पाएमा यी फिल्महरूले व्यवसायिक रूपमा सफल हुने सम्भावना बलियो देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?