मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘सन अफ सरदार २’लाई ‘सैयारा’ र ‘महावतार नरसिंह’को दबाब

काठमाडौँ – अजय देवगन अभिनीत कमेडी फिल्म ‘सन अफ सरदार २’ ले प्रदर्शनको दोस्रो दिनसम्म आइपुग्दा अपेक्षाकृत कमजोर प्रदर्शन गर्दै बक्स अफिसमा संघर्ष गरिरहेको छ। ‘धडक २’ सँगै अगस्ट १ मा रिलिज भएको यो फिल्मले ओपनिङ दिन केही उत्साहजनक सुरुवात गरे पनि दोस्रो दिनको कमाइमा गिरावट देखिएको छ।

फिल्म व्यापार निगरानी संस्था स्याक्निल्कका अनुसार, ‘सन अफ सरदार २’ ले पहिलो दिन ७.२५ करोड रुपैयाँ कमाएको थियो भने दोस्रो दिन साँझ ५:०५ बजे सम्मको प्रारम्भिक तथ्याङ्क अनुसार २.९ करोड रुपैयाँको व्यापार गरेको छ। यससँगै फिल्मको दुई दिनको कुल कमाइ १०.१५ करोड रुपैयाँ पुगेको छ। यद्यपि, यी तथ्याङ्कहरू अन्तिम नभई समायोजन हुनसक्ने बताइएको छ।

रिपोर्टअनुसार, करिब १०० करोड रुपैयाँको बजेटमा बनेको यो फिल्मले ओपनिङ दिन विश्वव्यापी रूपमा ११ करोड रुपैयाँको व्यापार मात्र गर्न सफल भएको थियो। अजय देवगनजस्तो स्टारडम भएका अभिनेताको फिल्मबाट अपेक्षित ओपनिङ नभएको विश्लेषण गरिएको छ।

‘सन अफ सरदार २’को व्यापारमा हालै रिलिज भएका दुई फिल्महरूले प्रत्यक्ष असर पारेका छन्। यशराज ब्यानर र मोहित सुरीको निर्देशनमा बनेको यो फिल्मले नयाँ अनुहार लिएर पनि दर्शकमाझ व्यापक चर्चा बटुलेको छ। १६ दिनसम्ममा यसले भारतमा २९३.५५ करोड रुपैयाँ कमाइसकेको छ। अहिले पनि दर्शक ‘सैयारा’ हेर्नै ब्यस्त छन्

धार्मिक कथामा आधारित यस सानो बजेटको फिल्मले सकारात्मक समीक्षाका बीच ५.५ करोड रुपैयाँको कमाइ गर्दै ‘सन अफ सरदार २’ को दोस्रो दिनको कमाइभन्दा दोब्बर व्यापार गरिसकेको छ।

सन् २०१२ को सुपरहिट फिल्म ‘सन अफ सरदार’को सिक्वेलका रूपमा प्रस्तुत ‘सन अफ सरदार २’ मा अजय देवगनसँगै मृणाल ठाकुर र रवि किशनको अभिनय रहेको छ। तर प्रतिस्पर्धात्मक परिस्थितिमा कथावस्तु र प्रमोशनले अपेक्षित प्रभाव पार्न नसकेको देखिन्छ। आलोचकहरूले फिल्मको कथावस्तु र संवादहरू कमजोर भएको टिप्पणी गरेका छन्।

अहिलेसम्मको कमाइको आधारमा हेर्दा ‘सन अफ सरदार २’ लाई हिट बन्न कठिन देखिएको छ। आगामी वीकएन्डमा यदि दर्शकको साथ प्राप्त भएन भने फिल्मको लाइफटाइम कमाइ बजेटभन्दा तल रहने जोखिम उच्च छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?