मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आईसीसी वरीयताः पुरुष क्रिकेटमा भारतको दबदबा, महिला क्रिकेटमा भारत तेस्रो स्थानमै सीमित

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ताजा वरीयता अनुसार भारतको पुरुष क्रिकेट टोली र खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दुई मुख्य ढाँचामा विश्वकै नम्बर–१ स्थान ओगटेका छन्।

रविन्द्र जडेजा, हार्दिक पाण्ड्या र अभिषेक शर्माले फरक–फरक श्रेणीमा नम्बर–१ खेलाडीको उपाधि हात पारेका छन्। पुरुष क्रिकेट टोलीले एकदिवसीय र टी–२० दुवैमा विश्वको शीर्ष स्थान कायम राखेको छ।

तर महिला क्रिकेटमा भने भारतको स्थिति अझै सुधारको क्रममा छ। आईसीसी महिला टोली वरीयतामा अष्ट्रेलियाले एकदिवसीय र टी–२० दुवैमा कब्जा जमाएको छ। भारतीय महिला टोली दुवैमा तेस्रो स्थानमा छ।

महिला ब्याटिङ रेटिङमा इङ्गल्याण्डकी नताली स्किभर-ब्रन्ट एकदिवसीय ब्याट्सम्यानको रूपमा नयाँ नम्बर–१ बनिन् भने टी–२० मा अष्ट्रेलियाकी बेथ मुनी शीर्ष स्थानमा छन्। भारतकी स्मृति मन्धना क्रमशः दोस्रो र तेस्रो स्थानमा छिन्।

बलिङतर्फ इङ्गल्याण्डकी सोफी एक्लेस्टोन एकदिवसीय बलरको रूपमा नम्बर–१ छिन्, भने भारतकी दीप्ती शर्मा चौथो स्थानमा छन्। टी–२० बलिङमा पाकिस्तानकी सादिया इकबाल शीर्ष स्थानमा छिन् र दीप्ती शर्मा तेस्रो स्थानमा।

महिला अलराउन्डर रेटिङमा अष्ट्रेलियाकी एश गार्डनर एकदिवसीयमा नम्बर–१ छन् भने भारतकी दीप्ती शर्मा चौथो स्थानमा छन्। टी–२०मा वेस्ट इन्डिजकी हेली म्याथ्यूज शीर्ष स्थानमा छन् र दीप्ती शर्मा तेस्रो स्थानमा छन्।

आईसीसीले हरेक हप्ता वरीयता सूची अद्यावधिक गर्ने भएकाले भविष्यमा भारतीय महिला क्रिकेट टोली र खेलाडीहरूको प्रदर्शन अझ राम्रो हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?