मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनिकेत पाख्रिन लामा ‘सुम्निमा’ बाट नेपाली फिल्ममा डेब्यु गर्ने

काठमाडौं- नेपाली चलचित्र ‘सुम्निमा’मा भारतीय रियालिटी शो स्प्लिट्सभिल्ला का प्रतियोगी अनिकेत पाख्रिन लामाले मुख्य भूमिका निभाउने भएका छन्।

निर्देशक मिलन चाम्सको निर्देशनमा बन्न लागेको यो प्रेमकथानक चलचित्रमार्फत अनिकेत नेपाली फिल्म उद्योगमा पाइला टेक्दै छन्।

निर्देशक चाम्सका अनुसार अनिकेतलाई अडिसन प्रक्रिया पार गरी छनोट गरिएको हो। “नयाँ भए पनि उनको आत्मविश्वास, प्रस्तुति शैली र क्यामेरा अगाडिको सहजता निकै प्रभावशाली लाग्यो,” चाम्सले भने। अनिकेत स्प्लिट्सभिल्ला को १४ औँ संस्करणमा उत्कृष्ट आठभित्र पर्न सफल भएका थिए।

‘सुम्निमा’ गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सह–निर्माणमा बन्नेछ। निर्देशकका अनुसार चलचित्र विशुद्ध प्रेमकथामा आधारित भए पनि नामले नारीप्रधान लागे पनि कथा प्रेम, द्वन्द्व र सांस्कृतिक पृष्ठभूमिमा केन्द्रित हुनेछ।

यसअघि चलचित्रमा अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बमजन र अनुप बिक्रम शाही अनुबन्धित भइसकेका छन्। अन्य कलाकार तथा प्राविधिक टिम छनोट प्रक्रिया अझै जारी छ।

चलचित्रको स्क्रिप्ट राजीव थापाले तयार पारेका छन्। छायांकन भने नेपाल र लन्डनमा आउँदो अगस्टदेखि सुरु हुने तयारी छ। निर्देशक चाम्सको अघिल्लो बायोपिक फिल्म ‘अञ्जिला’ले बक्स अफिसमा सफलता हात पारेको थियो। त्यसैले ‘सुम्निमा’लाई पनि अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित गरी निर्माण गर्न लागिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?