मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शिरिषको फूल’ रंगमञ्चमा : जीवन लुइँटेल र सनिशा भट्टराईको थिएटर डेब्यु

काठमाडौं– नेपाली साहित्यको कालजयी कृति ‘शिरिषको फूल’ अब रंगमञ्चमा जीवन्त रूपमा देख्न पाइने भएको छ।

साहित्यकार पारिजातको यस गहन कृतिमा आधारित नाटकको प्रिमियर बिहीबार साँझ गैह्रीधारास्थित कान्तिपुर थिएटरमा भव्य रूपमा सम्पन्न भयो।

पत्रिका घिमिरेको लेखन तथा निर्देशनमा तयार भएको यो नाटकले शिरिषको फूलका प्रमुख पात्रहरू सुयोगवीर, सकम्बरी र शिवराजलाई रंगमञ्चमा पुनर्जीवित गरेको छ। चर्चित अभिनेता जीवन लुइँटेल (सुयोगवीर) र मोडल तथा नायिका सनिशा भट्टराई (सकम्बरी) को यो थिएटर डेब्यु हो भने राज न्यौपानेले शिवराजको भूमिकामा गहिरो प्रभाव छोडेका छन्।

नाटक साउन ८ गतेदेखि २७ गतेसम्म प्रत्येक दिन साँझ ५:३० बजे कान्तिपुर थिएटर (कान्तिपुर फिल्म एकेडेमी परिसर) मा मञ्चन हुँदैछ।

नेपाली साहित्यप्रति रुचि राख्ने पाठक र रंगमञ्च प्रेमी दर्शकहरूका लागि यो नाटक विशेष सांस्कृतिक अवसर सावित हुने अपेक्षा गरिएको छ। पारिजातको विचार, विद्रोह, प्रेम र अस्तित्वको खोजलाई जीवन्त पार्ने यो प्रयास समकालीन नेपाली रंगमञ्चको लागि सशक्त योगदान बन्ने सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?