मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

करिश्मा कपूर–संजय कपूरको सम्बन्धमा दरार किन आयो ? निर्माता सुनील दर्शनले गरे खुलासा

काठमाडौँ – बलिउड अभिनेत्री करिश्मा कपूरको व्यक्तिगत जीवनका उतारचढावबारे फिल्म निर्माता सुनील दर्शनले महत्वपूर्ण खुलासा गरेका छन्। उनले करिश्मा कपूर केही समयदेखि निकै कठिन परिस्थिति भोग्दै आएकी रहेकी छिन् र उनका पूर्व पति संजय कपूरको निधनपछि उनी आफ्ना बच्चाहरूको हेरचाहमा व्यस्त छिन्।

सुनील दर्शनले विक्की लालवानीसँगको कुराकानीमा करिश्माको जीवन र विवाह सम्बन्धमा चर्चा गर्दै बताए कि करिश्मा र संजय कपूरबीचको सम्बन्ध सहज थिएन। “करिश्मा र संजयकी बहिनी धेरै मिल्ने साथी थिए भने करिश्मा दिल्लीमा बस्ने भएकाले दुई जनालाई सँगै जोडीको रूपमा मैले कहिल्यै देखिनँ। मलाई लाग्छ यो विवाह अचानक निर्णय भएको थियो,” उनले भने।

दर्शनका अनुसार, करिश्माले विवाह पछि गृहिणीको भूमिका निर्वाह गर्न चाहन्थिन् र परिवारसँग समय बिताउन मन पराउँथिन्। “उनी धेरै घरेलु केटी थिइन् र शनिबार साँझ गल्फ खेल्न जाने जस्ता बाहिरी गतिविधिमा रुचि कम थियो,” उनले थपे।

करिश्मा कपूर संजय कपूरको लागि ‘ट्रफी’ मात्र बनिन् कि भनेर सोधिएपछि दर्शनले भने, “मलाई लाग्छ यो नै सम्बन्धमा दरारको आरम्भ थियो। दिल्लीको संस्कृति फरक छ र उनी त्यसमा समायोजन हुन सकिनन्। उनलाई त्यो संसार आफ्नो जस्तो लागेन।”

सुनील दर्शनले करिश्माको आमा बबिता कपूरको पनि प्रशंसा गरेका छन् जसले छोरीलाई बलिउडकी शीर्ष अभिनेत्री बनाउन ठूलो सहयोग गरेकी थिइन्। तर जीवनका व्यक्तिगत चुनौतीहरू करिश्माको बाटोमा अवरोध बनेका थिए।

यसरी करिश्मा कपूरको प्रेम र वैवाहिक जीवनमा आएका कठिनाइहरूले उनको व्यक्तिगत जीवनलाई गहिरो असर गरेका थिए। अहिले उनी आफ्नो दुई छोराछोरीको पालनपोषण गर्दै आफैं नयाँ अध्यायमा अघि बढ्न खोजिरहेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?