मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘वार २’को ट्रेलर सार्वजनिक

काठमाडौं- बहुप्रतिक्षित बलिउड फिल्म ‘वार २’ को ट्रेलर सार्वजनिक गरिएको छ। ऋतिक रोशन, जुनियर एनटीआर र कियारा आडवाणीको अभिनय रहने फिल्मको ट्रेलरमा भरपूर एक्सन, तीखा संवाद र रहस्यले भरिएको कथा प्रस्तुत गरिएको छ।

ट्रेलरमा दुई लडाकु पात्रहरूबीचको टकराव, विस्फोटक स्टन्ट र रोमान्स समावेश गरिएको छ, जसले यशराज फिल्म्सको ‘जासूसी ब्रह्माण्ड’ को नयाँ अध्यायलाई अघि बढाउने संकेत दिएको छ।

२ मिनेट ३५ सेकेन्डको ट्रेलर ऋतिकको आवाजबाट सुरु हुन्छ। उनले आफ्नो नाम, जागिर र अस्तित्व त्यागेर छाया बन्ने प्रतिज्ञा गर्छन्। ट्रेलरमा समावेश गरिएको ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ श्लोकले कथाको गहिराइ र आध्यात्मिकताको झलक दिन्छ।

यो फिल्म सन् २०१९ को सुपरहिट फिल्म ‘वार’को सिक्वेल हो, जसलाई निर्देशक अयान मुखर्जी ले निर्देशन गरेका हुन्। ट्रेलरमा ऋतिक रोशन पुनः ‘कबीर’ को भूमिकामा देखा परेका छन् भने जुनियर एनटीआर एक शक्तिशाली विपक्षी पात्रको रूपमा प्रस्तुत छन्।

फिल्ममा कियारा आडवाणीको उपस्थिति पनि दर्शनीय देखिएको छ। कथा, संवाद, र एक्सन संयोजनले ट्रेलरलाई रोमाञ्चक बनाएको छ, जसले दर्शकमा उच्च उत्साह सिर्जना गरेको छ।

‘वार २’ आगामी साउन ३० गते (१५ अगस्ट) भारतको स्वतन्त्रता दिवसको अवसर पारेर विश्वव्यापी रूपमा प्रदर्शनमा आउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?