मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘सैयारा’ सातौँ दिनमा १६५ करोडको व्यापार, १०औँ स्थानबाट उक्लियो चौथो स्थानमा

काठमाडौँ – मोहित सुरी निर्देशित ‘सैयारा’ रिलिज भएको सात दिनमै ठूलो व्यापार गर्न सफल भएको छ। १८ जुलाईबाट प्रदर्शनमा आएको फिल्मले सातौँ दिनसम्म १६५.७७ करोडको आम्दानी गरेर यो वर्षको सर्वाधिक कमाई गर्ने फिल्महरूको सूचीमा चौथो स्थानमा आफ्नो स्थान सुरक्षित पारेको छ।

फिल्मका नायक अहान पाण्डे र अनित पद्डाको अभिनयमा बनेको ‘सैयारा’ले निरन्तर कमाई गर्दै बक्स अफिसमा आफ्नो प्रभाव देखाएको छ। पहिलो दिन २२ करोडबाट सुरु भएको कमाई तेस्रो दिनमा ३६ करोडभन्दा बढी पुग्यो भने पाँचौँ दिनसम्म दैनिक कमाई २५ करोड नजिक रह्यो।

सातौँ दिन साँझसम्म फिल्मले मात्र १० करोडभन्दा बढी कमाएको तथ्याङ्क सार्वजनिक भएको छ। यसले यस वर्षको चर्चित फिल्म ‘सितारे जमीन पर’ को १६५.२२ करोडको रेकर्डलाई तोड्दै चौथो स्थानमा स्थान बढाएको छ। अहिले ‘सैयारा’ पाँचौं स्थानमा रहेको ‘रेड २’ को १७९ करोडभन्दा माथि पुग्न प्रयासरत छ।

फिल्मको बजेट ६० करोड रहेको छ र यसलाई यशराज फिल्म्सले प्रस्तुत गरेको छ। प्रेमकथामा आधारित फिल्मले दर्शकको मन जित्न सफल भएको छ भने इन्टरनेटमा समेत यसको चर्चा चलेको छ।

फिल्म समीक्षक तरण आदर्शका अनुसार, ‘सैयारा’ ले आफ्नो प्रदर्शनमा राम्रो प्रगति गरेको छ र आगामी दिनहरूमा पनि व्यापारमा थप वृद्धि हुने सम्भावना देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?