मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एनसेल ‘लिग अफ क्रिएटर्स’ विजेता बने अमन

काठमाडौं- एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लिग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्न सफल भएका छन् । उनले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै पुरस्कार स्वरूप यो डिल हात पारेका हुन् ।

आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाडौंकी प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै ५ लाखको ब्रान्ड डिल जितिन् भने बागलुङका मनिष रुचेलले तेस्रो बन्दै २ लाख ५० हजारको ब्रान्ड डिल पुरस्कार जितेका छन् । त्यसैगरी बुटवलका प्रशान्त पाण्डेले चौथो स्थान हासिल गरी अपट्रेन्डली पिकका रूपमा १ लाखको ब्रान्ड डिल जितेका छन् ।

गत शुक्रबार काठमाडौंमा आयोजित ग्रान्ड फिनाले कार्यक्रममा विजयी क्रिएटरलाई पुरस्कार प्रदान गरियो । देशभरिका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने उद्देश्य सहित एनसेलले यो प्रतियोगिता आयोजना गरेको हो ।

‘देशमा विभिन्न भागमा फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल कन्टेन्ट क्रिएटरहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्यसाथ आयोजना गरिएको यो प्रतियोगिता सफलतापूर्वक सम्पन्न भयो, एनसेलसँगको ब्रान्ड डिलले पुरस्कृतहरूलाई कन्टेन्ट क्रिएसनमा अझै निखारिएर अगाडि बढ्न ठूलो प्रेरणा मिल्ने छ भन्नेमा म पूर्णविश्वस्त छु,’ एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘साथै, यस प्रतियोगितालाई अर्थपूर्ण र प्रभावकारी बनाउन योगदान पुर्‍याउनु हुने सबै मेन्टरहरूप्रति हामी हार्दिक आभारी छौं ।’

प्रतियोगितामा सहभागी हुन प्राप्त भएका भिडियोमध्येबाट उत्कृष्ट ५० क्रिएटरलाई पाँच मेन्टर सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फुडी नेपाल, पराक्रम राणा र एकता तन्डुकारले छानेका थिए । उनीहरुलाई १०-१० जनाको समूहमा ५ जना मेन्टर मार्फत विशेष प्रशिक्षण र मेन्टरसिप प्रदान गरिएको थियो । सहभागीले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीति लगायत बारे प्रशिक्षण पाएका थिए ।

प्रथम पुरस्कार विजेता महर्जन प्रतिमा अधिकारीको टिमका थिए भने दोस्रो विजयी श्रेष्ठ सञ्जोग कोइराला टिमका थिए । त्यसैगरी तेस्रो विजेता रुचेल र चौथो विजेता पाण्डे मिस्टर फुडी नेपाल टिमका थिए । उत्कृष्ट ५० मा पर्न सफल क्रिएटर मध्येबाट निर्णायकले फिनालेमा उत्कृष्ट चार क्रिएटर छानेका हुन् ।

निर्णायकमा नेपालका लागि अमेरिकी राजदूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, चलचित्र निर्देशक सिमोस सुनुवार, एनसेलकी मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंह र अपट्रेन्डलीका प्रमुख कार्यकारी अधिकृत मोनायक कार्की थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?