मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इन्डोनेसियाविरुद्ध सानदार जीत निकाल्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ – लगातार तेस्रो जित निकाल्दै साबिक विजेता नेपाला एसिसी यु–१६ इस्ट जोन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले इन्डोनेसियाविरुद्ध ३७० रनको जित निकालेर सेमीफाइनलमा प्रवेश गरेको हो ।

नेपालले प्रस्तुत गरेको ४२१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४।३ ओभरमा ५० रनमै समेटियो । इन्डोनेसियाका लागि कविन निरज चड्डाले १५ र दिभित नन्दाले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कप्तान विपिनप्रसार शर्माले ६ तथा सुगम बुढाथोकी र सुभम खनालले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ४२० रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि प्रसिद्ध जैसीले ११४ बलमा १५ चौका र एक छक्काको मद्दतले सर्वाधिक १३२ रनको योगदान गरे । रोनक श्रीवास्तवले ७१ बलमा आठ चौका र दुई छक्कासहित ८८ रन जोडे ।

यसैगरी अक्रमक ब्याटिङ गरेका परिमार्जन यादवले २८ बलमा आठ छक्का र चार चौकासहित ७१, जोय थापाले ४१ बलमा सात चौकाको मद्दतले ५७, सुगम बढाथोकीले अविजित ३९ र रोशन शाहीले अविजित १० रन बनाए । प्रसिद्धले तेस्रो विकेटका लागि रौनकसँग १४८ तथा पहिलो विकेटका लागि परिमार्जनसँग १३० रनको साझेदारी गरेका थिए । यसैगरी पाँचौं विकेटका लागि जोय र सुगमबीच ७४ रनको साझेदारी भएको थियो ।

इन्डोनेसियाका लागि केतुक धर्मपुत्रले दुई तथा कविन निरज चड्डा, महेन्द्र अजी युदा प्रतामा, रेहान रिजा अथैलाले समान एक विकेट लिए ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै समान खेलबाट दुई अंकका साथ चौथो स्थानमा इन्डोनेसिया समूह चरणबाटै बाहिरिएको छ ।

नेपालको यो जितसँगै सिंगापुरले पनि सेमिफाइनलमा स्थान बनाएको छ । यसअघि नेपालले सिंगापुर र जापानलाई पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार भुटानको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?