मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु हुने

बैतडी – सुदूरपश्चिम प्रदेशमा बिहीबारदेखि द्वारिकादेवी ठकुरानी यू–१९ टी–२० प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रदेशका आठ जिल्लाको टोलीको सहभागीता रहने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए । सहभागी हुने टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा कैलाली, कञ्चनपुर, अछाम र बझाङ तथा समूह ‘बी’ मा डडेल्धुरा, बैतडी, डोटी र दार्चुला रहेका छन् । प्रतियोगिता कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुनेछ । उद्घाटन खेल कैलाली र कञ्चनपुरबीच हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?