मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल

काठमाडौँ। आज २०८३ साल वैशाख ११ गते शुक्रबार। वैशाख शुक्ल पक्षको अष्टमी तिथि। लोकतन्त्र दिवस, गोरखकाली पूजा। तदनुसार सन् २०२६ अप्रिल २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष: आजको दिन केही सुस्त रहन सक्छ। काममा सोचेजस्तो सफलता पाउन ढिलाइ हुनेछ। मानसिक तनाव र चिन्ता बढ्न सक्ने हुनाले योग र ध्यानमा समय बिताउनु राम्रो हुन्छ। शनिदेवको उपासनाले लाभ मिल्नेछ।

वृष: आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। रोकिएका पुराना कामहरू साथीभाइको सहयोगमा सम्पन्न हुनेछन्। लामो समयदेखिको योजना सफल हुनाले मनमा उत्साह रहनेछ। साँझपख सत्कार्यमा धन खर्च हुन सक्छ।

मिथुन: कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। नयाँ जिम्मेवारी वा पदोन्नतिको योग छ। सरकारी र प्रशासनिक काममा सफलता मिल्नेछ। समाजमा तपाईंको व्यक्तित्वको कदर हुनेछ र नयाँ मानिसहरूसँग सम्पर्क बढ्नेछ।

कर्कट: भाग्यले साथ दिनेछ। धार्मिक र आध्यात्मिक क्रियाकलापमा मन जानेछ। तीर्थयात्रा वा धार्मिक भ्रमणको योजना बन्न सक्छ। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा लागेकाहरूका लागि आजको दिन विशेष फलदायी हुनेछ।

सिंह: स्वास्थ्यमा केही समस्या देखिन सक्छ, त्यसैले सावधानी अपनाउनुहोला। अचानक खर्च बढ्नाले आर्थिक व्यवस्थापनमा कठिनाइ हुन सक्छ। सवारी साधन र मेसिनरी सामानको प्रयोग गर्दा विशेष सतर्क रहनुहोला।

कन्या: साझेदारी र व्यापार व्यवसायमा लाभ मिल्नेछ। जीवनसाथीसँगको सम्बन्ध सुमधुर रहनेछ र सँगै भ्रमण गर्ने अवसर मिल्न सक्छ। नयाँ सम्झौता वा व्यापार विस्तारका लागि आजको दिन निकै राम्रो छ।

तुला: प्रतिस्पर्धा र परीक्षामा सफलता मिल्नेछ। शत्रुहरू आफैँ किनारा लाग्नेछन्। स्वास्थ्यमा सुधार आउनेछ र शरीरमा स्फूर्ति बढ्नेछ। मामाघर पक्षबाट केही सहयोग वा शुभ समाचार प्राप्त हुन सक्छ।

वृश्चिक: बौद्धिक र रचनात्मक काममा रुचि बढ्नेछ। विद्यार्थी वर्गका लागि अध्ययनमा प्रगति हुने समय छ। सन्तानको व्यवहारले मनमा खुसी मिल्नेछ। प्रेम सम्बन्धमा निकटता आउनेछ र भावना साटासाट हुनेछ।

धनु: पारिवारिक विषयलाई लिएर केही विवाद हुन सक्छ। घरजग्गाको कारोबारमा हतार नगर्नुहोला। आमाको स्वास्थ्यप्रति संवेदशिल रहनु आवश्यक छ। अनावश्यक यात्राले शरीरलाई थकाइ र मनलाई अशान्ति दिन सक्छ।

मकर: तपाईंको पराक्रम र साहसको चर्चा हुनेछ। सामाजिक कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर मिल्नेछ। छोटो दूरीको यात्रा फलदायी रहनेछ। दाजुभाइ र सहयोगीहरूको पूर्ण साथ पाइनेछ।

कुम्भ: आर्थिक लाभ हुने र धन सञ्चय गर्ने अवसर मिल्नेछ। कुटुम्ब र आफन्तजनसँगको भेटघाटले रमाइलो वातावरण सिर्जना गर्नेछ। बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन्। मिठो भोजनको आनन्द लिनुहुनेछ।

मीन: आज तपाईंको मनमा शान्ति र शरीरमा ऊर्जा रहनेछ। नयाँ कामको सुरुवात गर्न आजको दिन निकै शुभ छ। मान(सम्मानमा वृद्धि हुनेछ। स्वास्थ्य राम्रो रहनेछ र सबैले तपाईंको कार्यको प्रशंसा गर्नेछन्।

राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?