काठमाडौँ। मंगलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार आठ सय रुपैयाँले बढेर २ लाख ६७ हजार २ सय रुपैयाँ तोकेको छ। जुन हालसम्मकै उच्च मूल्य हो। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७०० मा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर ४ हजार २५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार २३५ रुपैयाँ रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया