मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

 सागर लम्साल ‘बले’ अब फिल्म निर्माता

काठमाडौँ – हास्य कलाकार  ‘बले’ उर्फ सागर लम्साल यति बेला फिल्म निर्माणको तयारीमा छन् ।  फिल्मको स्क्रिप्टको पहिलो ड्राफ्ट तयार भइसकेको लम्सालले बताएका छन् ।  

सागरले गत असारमा फिल्म निर्माण गर्ने घोषणा गरे पनि कार्य व्यस्तताका कारण समय दिन नसकेको बताएका उनले चैतसम्ममा सेकेन्ड ड्राफ्ट फाइनल गरिसक्ने जानकारी गराएका छन् । 

सागरले आगामी वर्षको तिहार पछि सुटिङका लागि फ्लोरमा जाने तयारी भइरहेको बताए । सागरले आफ्नो फिल्म प्रेमकथासँगै कमेडी फ्लेभरको हुने जानकारी दिए ।

‘सक्किगोनी’ मार्फत बलेका नामले चर्चित छन् । फिल्म ‘लोफर’बाट फिल्मको अभिनय यात्रा सुरु गरेका सागरले त्यसपछि ‘लज्जा’ र ‘हैरान’मा पनि अभिनय गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?