काठमाडौँ। नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने बढेको छ। शुक्रबार तोलामा ३ हजार ५५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ३ हजार ६०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया