मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ।

आज दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

त्यसैगरी, आज राति कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

काठमाडौँ, उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसका बीच रहने महाशाखाको पूर्वानुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?