मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विपिन जोशीको मृत्यु भइसकेको हमासद्वारा पुष्टि

काठमाडौँ।  प्यालेस्टाइनी विद्रोही समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भइसकेको पुष्टि गरेको छ । जोशीको शव आजै बुझाइने हमासले जानकारी दिएको छ ।

गाजामा इजरायली सेनाको आक्रमणमा परी विपिनको मृत्यु भएको पनि हमासले दाबी गरेको छ । विपिनसँगै आज चार जना बन्धकको शव इजरायललाई बुझाइने जनाइएको छ । फिर्ता गरिने चार बन्धकका शवमा जोशीसहित इजरायली नागरिक गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज छन् ।

आजै हमासले २० जना जीवित बन्धक इजरायललाई हस्तान्तरण गरेको थियो । ७ अक्टुबर सन् २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्ने क्रममा विपिन अपहरणमा परेका थिए ।

त्यसयता उनी घाइते अवस्थामा एकपटक अस्पतालमा देखिएको दाबी गरिएको थियो । केही दिनअघि मात्रै विपिनको एक भिडियो सार्वजनिक भएको थियो, जुन हमासले उनलाई अपहरण गरेको केही दिनपछि रेकर्ड गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?