मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतसँग पराजित पाकिस्तानी खेलाडीलाई विदेशमा खेल्न रोक

काठमाडौं- भारतसँग एशिया कपमा पराजय भोगेपछि विदेशमा क्रिकेट खेलिरहेका पाकिस्तानी खेलाडीको एनओसी (नो अब्जेक्सन लेटर) रोक्ने निर्णय पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले गरेको छ ।

पीसीबीको यो निर्णयसँगै बाबर आजम, शाहिन अफरिदी, मोहम्मद रिजवान र फहिम अशरफ जस्ता खेलाडीले आर्थिक नोक्सानी भोग्नुपर्ने देखिन्छ । यी सबै खेलाडी विदेशी फ्रेञ्चाइज लिगमा जमेका खेलाडी हुन् ।

पीसीबी अधिकारी सुमैर अहमद सैयदले २९ सेप्टेम्बरदेखि लागु हुने गरि यो निर्णय गरिएको बताए । यसपालिको एशिया कपको फाइनलमा भारतले ५ विकेटले पाकिस्तानलाई हराउँदै नवौं पल्ट उपाधि जितेको थियो ।

पाकिस्तानविरूद्ध भारतको यो लगातार तेस्रो जित थियो । पाकिस्तानका खेलाडी मुलत अस्ट्रेलियाका बिग ब्यास लिग र आइएलटी–२० मा अनुबन्धित छन् । पाकिस्तानमा आउदो अक्टोबरदेखि घरेलु क्रिकेट सुरू हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?