काठमाडौं- नेपाल र बंगलादेशबीच आज पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ।
नेपाल र बंगलादेशबीचको खेल काठमाडौंस्थित दशरथ रंगशालामा बेलुका ५ः३० बजेदेखि सुरु हुनेछ। खेल इन्टरनेशनल विन्डोअन्तर्गत आयोजना गरिएको छ र नेपालले यसलाई आगामी एएफसी एसियन कप–२०२७ छनोटको तयारीको रूपमा लिएको छ।
नेपाल र बंगलादेशबीच अहिलेसम्म २४ अन्तर्राष्ट्रिय खेल भएका छन्। यसमा नेपालले १३ खेल जितेको छ भने बंगलादेशले ८ खेल आफ्नो पक्षमा पारेको छ। बाँकी ३ खेल बराबरीमा सकिएका थिए।
दोस्रो मैत्रीपूर्ण खेल भदौ २४ गते हुनेछ। दुई खेलपछि समग्र परिणामको आधारमा विजेता घोषणा गरिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया