मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अब ह्वाट्सएप प्रोफाइलमा प्रमाणित इन्स्टाग्राम आइकन देखिने

काठमाडौँ – विश्वकै लोकप्रिय इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताहरूको अनुभवलाई अझ सहज र सुरक्षित बनाउन एक नयाँ सुविधा परीक्षण गर्दैछ।

अब प्रयोगकर्ताहरूले आफ्नो प्रमाणित इन्स्टाग्राम खाता सिधै ह्वाट्सएप प्रोफाइलमा लिङ्क गर्न सक्नेछन्। हाल यो सुविधा बीटा प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध गराइएको छ।

नयाँ सुविधाअनुसार प्रयोगकर्ताहरूले आफ्नो इन्स्टाग्राम खातालाई मेटाको ‘Account Center’ को माध्यमबाट ह्वाट्सएपसँग जडान गर्न सक्नेछन्। एकपटक खाता प्रमाणीकरण भएपछि, प्रयोगकर्ताको ह्वाट्सएप प्रोफाइलमा इन्स्टाग्राम आइकन देखिनेछ, जसले त्यो खाता वास्तविक र प्रमाणित भएको संकेत दिनेछ।

पहिला पनि इन्स्टाग्राम लिङ्क गर्ने विकल्प थियो, तर प्रमाणीकरण प्रणाली थिएन, जसले गर्दा धेरै प्रयोगकर्ताहरू भ्रममा पर्ने गर्थे कि प्रोफाइलमा देखिएको इन्स्टाग्राम खाता वास्तवमै उक्त प्रयोगकर्ताको हो वा होइन।

कम्पनीले यो सुविधा अहिले बीटा प्रयोगकर्ताहरू माझ परीक्षणका रूपमा ल्याएको हो। प्रयोगकर्ताहरूबाट प्राप्त प्रतिक्रिया र सुझावहरूका आधारमा कम्पनीले आगामी दिनमा सबै प्रयोगकर्ताहरूका लागि सुविधा विस्तार गर्ने तयारी गरिरहेको छ।

नियमित एप अपडेट गरिरहेकाले मात्र प्रयोगकर्ताहरूले यस्ता नयाँ सुविधाहरूको लाभ लिन सक्नेछन्। यससँगै ह्वाट्सएपले भिडियो कलिङ प्रणालीमा सुधार ल्याएको छ। अब प्रयोगकर्ताहरूले भिडियो कल अग्रिम रूपमा तालिकाबद्ध गर्न सक्छन्। साथै, कल ट्याबमा सहभागी सम्पर्कहरू र समय स्पष्ट रूपमा देखिने बनाइएको छ।

त्यस्तै, कलको क्रममा प्रतिक्रियाहरू (reactions) दिने सुविधा पनि थपिएको छ, जसले कुराकानीलाई अझ रमाइलो र अभिव्यक्तिपूर्ण बनाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?