काठमाडौँ – म्याडक फिल्म्सको लोकप्रिय हरर कमेडी युनिभर्स अन्तर्गत निर्माण भएको नयाँ फिल्म ‘थामा’ को टिजर सार्वजनिक भएको छ। ‘स्त्री’, ‘भेडिया’, ‘मुंज्या’ जस्ता हिट फिल्मपछि म्याडकले ‘थामा’ मार्फत फेरि एकपटक दर्शकलाई डर, हाँसो र प्रेमको मिश्रण दिने तयारी गरेको छ।
फिल्ममा आयुष्मान खुराना र रश्मिका मन्डाना प्रमुख भूमिकामा छन्, भने नवाजुद्दीन सिद्दीकी र मलाइका अरोरा विशेष भूमिकामा देखिनेछन्। आदित्य सरपोतदार निर्देशित यस फिल्मले नयाँ पात्रहरू र नयाँ कथा लिएर आउने अपेक्षा गरिएको छ।
टिजरमा आयुष्मान र रश्मिकाको विचको प्रेमकथामा रगत, रहस्य र डर मिसिएको देखिन्छ। नवाजुद्दीन सिद्दीकी एक पुरानो हवेलीको अँध्यारो कुनामा खम्बामा बसेका छन्, जहाँ उनले बोल्ने संवादले दर्शकमा कौतूहल पैदा गरेको छ।
मलाइका अरोरा एक आइटम डान्समा देखिएकी छन्, जसले टिजरमा ग्ल्यामर थपेको छ। साथै, आयुष्मान र रश्मिकाको नृत्य दृश्यले पनि रोमान्स र मनोरञ्जनको स्वाद दिएको छ।
टिजर सार्वजनिक भएको केही घण्टामै सामाजिक सञ्जालमा यसको व्यापक चर्चा सुरु भएको छ। फ्यानहरूले यसमा देखिएको मौलिक कथा, डर, कमेडी र संगीतको प्रशंसा गरिरहेका छन्।
फिल्मको औपचारिक रिलिज मिति अझै सार्वजनिक गरिएको छैन। यद्यपि, म्याडक युनिभर्सका अघिल्ला फिल्महरूको सफलताले गर्दा ‘थामा’ बाट पनि दर्शकले धेरै अपेक्षा गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया