मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पिक्सेल १० आउनुअघि ९ प्रोको मूल्य घट्यो, फ्लिपकार्टमा भारी छुट

काठमाडौँ – गुगलको आगामी पिक्सेल १० सिरिज सार्वजनिक हुन केही घण्टामात्र बाँकी रहँदा, कम्पनीको अघिल्लो फ्ल्यागशिप स्मार्टफोन पिक्सेल ९ प्रो मा भारी छुट दिइएको छ।

पिक्सेल ९ प्रोको आधिकारिक मूल्य रु १,०९,९९९ रहेकोमा अहिले यो स्मार्टफोन फ्लिपकार्ट मा मात्र रु ८९,९९९ मा उपलब्ध छ। यसमा थप बैंक अफर र कार्ड छुटको सुविधा समेत रहेको छ।

पिक्सेल ९ प्रोमा ६.३ इन्चको LTPO OLED डिस्प्ले, १२० हर्ट्ज रिफ्रेस रेट, र ३००० निट्स ब्राइटनेस सुविधा छ। यसमा गुगल टेन्सर G4 चिप, १६ जीबी र्याम र २५६ जीबी स्टोरेज, र पछाडि ट्रिपल क्यामेरा सेटअप (५०MP + ४८MP + ४८MP) तथा अगाडि ४२MP सेल्फी क्यामेरा छ।

साथै, ४७००mAh ब्याट्री, २७W वायर्ड र २१W वायरलेस चार्जिङ सपोर्ट तथा ७ वर्षको सफ्टवेयर अपडेट ग्यारेन्टी यसलाई विशेष बनाउँछ।

गुगल पिक्सेल ९ प्रोले हालै सार्वजनिक हुन लागेको आईफोन १६ प्लस सँग सिधा प्रतिस्पर्धा गर्ने देखिएको छ। आईफोन १६ प्लसको मूल्य रु ८९,९०० छ र यसमा A18 चिपसहित ४८MP क्यामेरा र ६.७ इन्चको सुपर रेटिना एक्सडीआर डिस्प्ले उपलब्ध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?