मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुर्खेतमा पहिलो पटक स्रष्टा सम्मान र गजल गायन कार्यक्रम सम्पन्न

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजको आयोजनामा पहिलो पटक स्रष्टा सम्मानसहित गजल गायन कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार बेलुकी आयोजित ‘काव्य सिजन श्रृङ्खला सिजन–छ’ अन्तर्गत ६ जना गजलकार तथा गायकलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुब गौतम र विशेष अतिथि साहित्यकार डा. महेन्द्रकुमार मल्लले स्रष्टाहरूलाई सम्मान गरेका थिए ।

सम्मानित स्रष्टाहरूमा गजलकार धिरेन अनुपम, महेन्द्र चन्द महासागर, ऋषि सुदामा, लिला पोखरेल, रमेश सुवेदी र निराजन विष्ट रहेका छन् । साथै, उनीहरूको गजललाई स्वर र संगीतमा उतार्ने गायक तथा संगीतकार सन्तोष श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा गायक श्रेष्ठले सम्मानित गजलकारका रचनाहरू प्रस्तुत गर्दा साहित्यिक वातावरण संगीतमय बनेको थियो । उनको प्रस्तुतीलाई तबलामा सुवास गौतम, मुरलीमा ज्ञानबहादुर नेपाली र गितारमा रोहित सिंहले संगीत संयोजनमार्फत जीवन्त बनाएका थिए ।

साहित्य समाजले आयोजना गरेको यस किसिमको कार्यक्रमले कर्णाली प्रदेशको साहित्य र संगीत क्षेत्रमा नयाँ ऊर्जा थपेको र स्रष्टाको सम्मानले सिर्जनामा थप प्रेरणा मिलेको सहभागीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?