मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रजनीकान्तले सुनाए आफ्ना संघर्षका कथा: कुलीको कामले बनायो जीवनको आधार

काठमाडौँ – बलिउडका दिग्गज सुपरस्टार रजनीकान्तले आफ्नो जीवनको प्रारम्भिक दिनहरूमा गरेको संघर्षको कथा सार्वजनिक गर्दै सबैलाई भावुक बनाएका छन्। हालै आयोजित एक कार्यक्रममा उनले खुलासा गरे कि उनी वास्तविक जीवनमा केही समय कुलीको रूपमा काम गरेका थिए।

आफ्नो सफल फिल्म ‘कुली’ मा कुलीको भूमिकामा देखिएको रजनीकान्तले यस पटक आफ्नो वास्तविक जीवनमा पनि त्यही संघर्ष झेल्नुपरेको अनुभव साझा गरे।

रजनीकान्तले भने, “मेरो बुबाले मलाई बोरा बोक्न पठाउनु भएको थियो। त्यो काम सजिलो थिएन। मैले तिनवटा बोरा हातले हाते गाडामा राखेर लगभग ५०० मिटर यात्र गर्नुपर्‍यो। बाटो ट्रक, बस र कारले भरिएको थियो। सन्तुलन बिग्रियो भने बोरा खस्न सक्थ्यो र ठूलो समस्या हुन्थ्यो। एक पटक मैले सन्तुलन गुमाएर बोरा खसाएपछि मानिसहरूले मलाई आलोचना गरे।”

उनले त्यो समयमा अनुभव गरेका कठिनाइहरू स्मरण गर्दै थपे, “म त्यतिबेला पातलो देखिन्थें, धेरैले मलाई सानोतिनो ठानेका थिए। तर मैले त्यो काम पुरा गर्न हार मानिनँ।”

रजनीकान्तले आफूलाई भावुक बनाएको एउटा क्षण पनि सुनाए। उनले भन्यो, “काम सकिएपछि मैले मुनिस्वामी नामका मेरा कलेज साथीलाई पैसा मागें। उनले मलाई दुई रुपैयाँ टिप दिनुभयो र भने, ‘यो तिम्रो लागि।’ त्यो सानो कुराले मेरो मन निकै छुँयो र म पहिलोपटक जीवनमा रोएँ।”

रजनीकान्तले आफ्नो जीवनका यी अनुभवलाई आफ्नो नयाँ फिल्म ‘कुली’ सँग जोडेर देखाएका छन्। ‘कुली’ फिल्ममा उनले भ्रष्ट युनियन नेताको भूमिका निभाएका छन् जसले कामदारहरूको हकका लागि लड्छन्। यो फिल्म हाल देशभरमा निकै चर्चित भएको छ र बक्स अफिसमा पनि सफल साबित भएको छ।

निर्देशक लोकेश कनागराजद्वारा निर्देशित ‘कुली’ले रिलिजको चार दिनमै १९४ करोडभन्दा बढी आम्दानी गरेको छ भने विश्वव्यापी रुपमा यसको कमाइ ३०० करोड नाघिसकेको छ। फिल्ममा रजनीकान्तसँगै नागार्जुन, श्रुति हासन, सौबिन शाहीर र उपेन्द्रले पनि अभिनय गरेका छन्।

रजनीकान्तले आफ्नो संघर्षको कथाले धेरैलाई प्रेरणा दिएको बताएका छन्। उनले जोड दिए, “म यो फिल्म मार्फत भन्न चाहन्छु कि जीवनमा जुनसुकै कठिनाइ आए पनि हार नमान्नुहोस्। म जहाँ छु त्यहाँ पुग्न धेरै संघर्ष गरेको छु।”

यसरी रजनीकान्तको जीवन कथा र नयाँ फिल्म ‘कुली’ ले दर्शकलाई जीवनको संघर्ष र सफलता दुबै देखाउने महत्वपूर्ण सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?