काठमाडौँ – बलिउड अभिनेता बबी देओल ले आफ्नो हिट फिल्म ‘गुप्त’ (१९९७) को रोमान्टिक दृश्य छायांकन गर्दा असहज अनुभव गरेको बताएका छन्। फिल्मफेयरसँगको अन्तर्वार्तामा उनले खुलासा गरे कि गीतको भिडियो सुटिङको क्रममा उनी सहअभिनेत्री मनिषा कोइरालाको नजिक बस्न अलमल्लमा परेका थिए।
बबीका अनुसार, दृश्यमा उनलाई मनिषाको चिउँडो टोक्ने चुनौती थियो। तर सुटिङअघि मनिषाले काँचो प्याज र चना चाट खाएको कारण उनको सास गन्हाएको थियो, जसले बबीलाई असहज बनायो। नवअभिनेता भएकाले उनी यस अनुभवसँग सहज हुन सकेनन्। बबीले भने, “त्यतिबेला मलाई रोमान्सको बारेमा सोच्नु पनि टाढाको कुरा थियो। मैले दृश्य पूरा गरेँ र सिधै निर्देशककहाँ गएर सबै कुरा बताएँ।”
फिल्ममा बबी देओलसँगै काजोल पनि मुख्य भूमिकामा थिइन्। यो घटना बलिउडमा रोमान्टिक दृश्य छायांकनसँग सम्बन्धित रोचक प्रसंगको रूपमा चर्चित छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया