काठमाडौं- चर्चित रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को सातौं सिजनमा गायक प्रमोद खरेल कोचको रूपमा पुनः सहभागी हुने भएका छन्।
शनिबार प्रसारित ‘भ्वाइस किड्स’ चौथो सिजनको फिनाले कार्यक्रममा सातौं सिजनका तीन जना कोचहरूको घोषणा गरिएको थियो। त्यही घोषणाअनुसार प्रमोद खरेलले ‘भ्वाइस अफ नेपाल’ मा पुनः कोचको रूपमा फर्किएका छन्।
प्रमोदसँगै मेलिना राई र खेम सेन्चुरीले पनि सातौं सिजनमा कोचको भूमिका निरन्तरता पाएका छन्। अर्को एक जना कोचको घोषणा भने अझै बाँकी छ।
प्रमोदले आफैं पनि स्टेजमा आएर ‘भ्वाइस अफ नेपाल’ मा फर्किएको जानकारी दिएका थिए। होस्ट सुशिल नेपालले पनि उनलाई सातौं सिजनमा पुनः स्वागत गर्दै दर्शकलाई जानकारी गराएका थिए।
प्रमोदले छैटौं सिजन र ‘भ्वाइस किड्स’ चौथो सिजनमा विश्राम लिएका थिए। उनको पुनःफर्कनाले शोप्रेमीहरूमा उत्साह थपिएको छ। ‘भ्वाइस अफ नेपाल’ को सातौं सिजन छिट्टै प्रशारण हुने तयारीमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया