काठमाडौँ– केदार घिमिरेको पहिलो मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक
नेपाली हास्यव्यङ्ग्य क्षेत्रका चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को मुख्य अभिनय रहेको फिल्म ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ।
बिहीबार राजधानीको सिभिल मलमा आयोजित विशेष कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा केदार घिमिरेको दमदार उपस्थिति देख्न सकिन्छ, जसमा उनी धनी र सामान्य दुबै पात्रको भूमिकामा देखिएका छन्।
फिल्ममा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल लगायत कलाकारको समेत अभिनय रहेको छ। सामीप्यराज तिमल्सेनाले कथा लेखेको फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन्। आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्मले ‘बिना मिहिनेत पैसा कमाउने सपना गलत हो’ भन्ने सन्देश दिन खोजेको छ।
फिल्म आगामी भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया