मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्रष्टाचारमा दोषी ठहरिएपछि ‘मेयर’ फिल्मको रिलिज अन्योलमा

काठमाडौँ- सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहरिएपछि उनीमाथि आधारित बायोपिक फिल्म ‘मेयर’को प्रदर्शन अन्योलमा परेको छ।

थापालाई विशेष अदालतले बुधबार दोषी ठहर गरेपछि, केही महिनाअघि मात्र छायांकन सकिएको र पोस्ट-प्रोडक्सनमा रहेको फिल्म अब अन्योलमा परेको हो। फिल्म उनका जीवन संघर्षलाई चित्रण गर्दै तयार पारिएको थियो।

निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको यस फिल्ममा खगेन्द्र लामिछानेले प्रमुख भूमिका निर्वाह गरेका छन्। तर, बायोपिक पात्र अदालतबाट भ्रष्टाचारमा दोषी ठहरिएपछि फिल्मको भविष्य नै अप्ठ्यारोमा परेको छ।

फिल्मको निर्माण पक्षले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। उता निर्देशक खनाल भने अहिले अर्को बायोपिक ‘क्याप्टेन साब’को सुटिङमा व्यस्त रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?