काठमाडौं- एसीसी यू–१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि नेपालले अहिले मलेसियासँग खेलिरहेको छ ।
नेपाल र मलेसियाबीचको सेमिफाइनल खेल मलेसियाको सेलांगर टर्फ क्लबमा सुरु भएको हो । मलेसियाले नेपालविरुद्ध सुरुमा ब्याटिङ थालेको छ । नेपालले टस जितेर बलिङ रोजेपछि मलेसियाले ब्याटिङ गरेको हो ।
समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता आयोजक मलेसियासँग सेमिफाइनल भेट पक्का गरेको हो ।
समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले हराउँदै समूहविजेता बनेको थियो । त्यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई हराएको थियो ।
उता मलेसिया भने समूह बी मा हङकङसँग मात्र पराजित हुँदा माल्दिभ्स, थाइल्याण्ड र म्यानमारलाई हराएको थियो । आजै अर्को सेमिफाइनलमा हङकङले सिंगापुरसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया