मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेप्सेमा हरियाली: परिसूचक २३.१९ अङ्कले बढ्यो

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचक आज २३ दशमलव १९ अङ्क अर्थात् शून्य दशमलव ८८ प्रतिशतले बढेर दुई हजार ६५३ दशमलव ०९ विन्दुमा कायम भएको छ । आज १९१ कम्पनीको शेयरमूल्य बढ्दा ५६ वटाको घटेको छ । साथै एउटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका ७८ हजार ८४८ कित्ता शेयर आठ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ रुपैयाँ ६२ पैसामा कारोबार भएका छन् ।

साथै मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड, पुरी इनर्जी लिमिटेड, डोल्टी पावर कम्पनी लिमिटेड र विन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेका छन् ।

साथै भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव ४७ प्रतिशतले ओरालो लाग्दा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव २३ प्रतिशतले ओरालो लागेको छ ।

आजको कारोबारपछि बजारपुँजिकरण रु ४४ खर्ब १९ अर्ब २१ करोड ५४ लाख ३४ हजार ४९० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?