मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजदेखि सप्तकोशी नदीमा डल्फिनको गणना सुरु

इटहरी ‘सुनसरी’ – कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु गरेको छ । आरक्षले सप्तकोशीमा पाइने डल्फिनको गणना प्रत्येक वर्ष गर्दै आएको छ । यहाँ पाइने गंगेटिक प्रजातिको डल्फिनको गणना यस वर्ष आरक्षले सुरु गरेको हो ।

सप्तकोशीमा सन् २०२२ देखि नियमितरुपमा डल्फिनको गणना हुँदै आएको कोशी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिए ।

उनले यस वर्ष राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी प्रदेश कार्यालय तथा काठमाडौँस्थित हिमालयन नेचर संस्थालगायतको प्राविधिक सहकार्यमा सुरु गरिएको बताए। उनले चेतनशील स्तनधारी जलचरको रूपमा चिनिने डल्फिन दुर्लभ मानिने जानकारी गराए ।

आरक्षका अनुसार गङ्गा सागरबाट कोशी नदीसम्मको यात्रा गर्ने यी डल्फिन सफा र गहिरो पानीमा विचरण गर्न मन पराउँछन् । चार दिनसम्म चल्ने गणना दुई विधिबाट सम्पन्न हुने बताइएको छ ।

सन् २०१२ मा ११ र २०१७ मा १७ डल्फिन देखिएपछि डल्फिनको संरक्षणलाई आरक्षले प्राथमिकता दिएको थियो । त्यसयता वार्षिक गणनाको अभ्यास थालिएको हो । आरक्षको तथ्याङ्कअनुसार २०२२ मा १७, २०२३ र २०२४ मा समानरुपमा १९ डल्फिन गणना गरिएको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी प्रदेश संयोजक वीरेन्द्र गौतमले यस वर्ष डल्फिनको सङ्ख्या बढ्नसक्ने अनुमान व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?