मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गाजामा आक्रमण तीव्र, इजरायली सेनाद्वारा हवाई आक्रमण र स्थलीय फौज तैनाथ

एजेन्सी- इजरायली सेनाले शुक्रबार गाजा क्षेत्रमा आफ्ना आक्रमणहरू अझ तीव्र बनाएको छ। यस अन्तर्गत हवाई बमबारी र थप स्थलगत सेनाहरू पनि पठाइएको जानकारी दिएको छ, जसको उद्देश्य गाजाका केही भागमा नियन्त्रण कायम गर्नु हो।

अन्तर्र्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायली सुरक्षाबलले गिदेओनका रथ नामक नयाँ अभियान शुरु गरिएको जनाएको छ, जसको उद्देश्य युद्धका प्रमुख लक्ष्य बन्धकको मुक्तिमा सहयोग पुर्‍याउनु र हमास नामक समूहको सञ्जाल हटाउनु रहेको छ।

यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले केही दिनभित्र इजरायली सेनाहरू पूर्ण बलका साथ गाजामा प्रवेश गर्ने बताएका थिए । गाजाका स्वास्थ्य अधिकारीका अनुसार, शुक्रबार मात्र उत्तर गाजामा इजरायली बमबारीका कारण कम्तीमा १०९ जनाको मृत्यु भएको छ भने २१६ जना घाइते भएका छन्।

गत वर्ष असोजदेखि शुरु भएको द्वन्द्वमा हालसम्म ५३ हजार ११९ जना मारिएका छन् भने एक लाख २० हजार २१४ जना घाइते भएका छन्। हमासले इजरायलमाथि युद्धविरामका लागि भइरहेका पहलहरूलाई बेवास्ता गरेको आरोप लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?