मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पवनदीप राजनको स्वास्थ्यमा सुधार, छिट्टै डिस्चार्ज हुने सम्भावना

काठमाडौं– ‘इन्डियन आइडल १२’ का विजेता तथा चर्चित गायक पवनदीप राजनको स्वास्थ्यमा सुधार आएको छ। हाल उनी आर्थोपेडिक चिकित्सकहरूको निगरानीमा छन् र फिजियोथेरापी उपचार सुरु भइसकेको बताइएको छ।

डेलि ट्रेन्डिङ न्यूज का अनुसार, पवनदीपको अवस्था क्रमिक रूपमा स्थिर हुँदै गएको छ र सबै कुरा सामान्य रहेमा उनलाई यसै हप्ताको अन्त्यसम्म डिस्चार्ज गरिने सम्भावना रहेको अस्पतालले जनाएको छ।

पवनदीप गत मे ५ मा उत्तराखण्डको चम्पावत नजिक कार दुर्घटनामा परेका थिए। उनी दिल्ली जाँदै गर्दा राति करिब २:३० बजे सवारी दुर्घटना भएको हो। प्रारम्भिक जानकारीअनुसार, गाडीका ड्राइभरलाई निद्रा लागेका कारण उक्त दुर्घटना भएको हो।

दुर्घटनामा पवनदीपसँगै उनका साथी अजय मेहरा र ड्राइभर राहुल सिंह पनि घाइते भएका थिए। हाल सबैको उपचार जारी रहेको र अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?