मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आईपीएल २०२५ को बाँकी खेल अब मे १७ बाट फेरि सुरु हुने

काठमाडौँ – आईपीएल २०२५ को बाँकी खेल अब मे १७ बाट फेरि सुरु हुनेछ। लिग चरणका बाँकी १३ खेलहरू ६ स्थानहरूमा हुने पनि तय भएको छ । प्लेअफ चरण मे २९ देखि खेलाइने छ, जसको फाइनल जुन ३ मा हुनेछ। बिसिसिआइले आफ्नो सोशल मिडिया ह्यान्डलमा यो जानकारी दिएको हो।

पाकिस्तानसँगको तनावका कारण ९ मेमा जारी आईपीएलको लिग चरणको खेल नै खेल्दा खेल्दै स्थगित गरिएको थियो । प्रतियोगिता रोक्ने क्रममा बीसीसीआईले देश अहिले युद्धको अवस्थामा रहेको बताएको थियो । यस्तो अवस्थामा क्रिकेट प्रतियोगिता आयोजना गर्नु ठीक होइन भन्ने उसको निष्कर्षका साथ खेल स्थगित गरिएको हो ।

अब पहिलो खेल आरसीबी र केकेआर बीच बैंगलोरमा १७ मेमा हुनेछ । बाँकी खेल जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबादमा हुनेछन् । लिग चरण मे २७ मा समाप्त हुनेछ। दुई डबल हेडरहरू भने मे १८ र २५ मा खेलिने छन्। यसको मतलब ११ दिनमा १३ लिग चरण खेलहरू हुनेछन्।

गत मे ८ मा धर्मशालामा हुने पञ्जाब र दिल्लीबीचको खेल पाकिस्तानको आक्रमणका कारण रोकिएको थियो । अब सो खेल जयपुरमा २४ मेमा हुनेछ । प्लेअफ खेल हुने स्थान भने तय भएको छैन । यसअघि हैदरावाद र कोलकातामा २–२ प्लेअफ खेल हुने भनिएको थियो ।

आइपीएल अन्तर्गत ७४ खेलहरू खेल्नुपर्ने थियो। मे ९ सम्म ५७ खेलहरू खेलिसकेका थिए। मे ८ मा ५८औँ खेल बिचमै रोकिनु परेको थियो । अर्थात् अब १७ खेल बाँकी छन् । जसमध्ये १३ खेल लिग चरणका र ४ खेल प्लेअफ चरणका छन् ।

मुम्बई, कोलकाता, राजस्थान र चेन्नईका दुई–दुई लिग खेल बाँकी छन् । बाँकी टोलीले अझै तीन तीन लिग खेल खेल्न बाँकी छ। एउटा टोलीले १४ वटा लिग खेल खेल्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?