मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रेखा थापाको नाटक ‘मिरा’ पोष्टपोण्ड, अब सोमवार मात्रै हेर्न पाइने

काठमाडौँ – रेखा थापा अभिनित नाटक ‘मीरा’ पोस्टपोण्ड भएको छ । आजको असहज राजनितीक परिस्थितीका कारण हामीले आजको लागि तय गरिएको ‘कान्तिपुर थिएटर’ को उद्घाटन तथा नाटक ‘मीरा’ को प्रिमीयर दर्शक, कलाकार तथा अतिथीहरुको सुझाव र सुरक्षालाई मध्यनजर गर्दै हाललाई स्थगित गरिएको जनाइएको छ।

‘हामी अत्यन्तै दुःखी र क्षमाप्रार्थी छौं, दर्शकहरूले प्रतिक्षा गर्नुभएको कार्यक्रममा आज सहभागी हुन सक्नु भएन, अब हाम्रो नाटक घरको उद्घाटन र ‘मीरा’ को मञ्चन यही आउँदो सोमबार ( जेठ १९ गते) हुनेछ।

कान्तिपुर फिल्म एकडेमीका अनुसार टिकट बुकीङ्ग गरेका दर्शकहरुको टिकट जेठ १९ गतेको लागी सुरक्षीत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?