मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ट्रम्प कार्यकालकाे १०० दिनः टयारिफले १७० लाख कराेडकाे नाफा, २ कराेड अबैध आप्रवासी निकालिने

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल ३० मा आफ्नो दोस्रो कार्यकालको १०० दिन पूरा गर्दैछन् । यसअघि उनले एक अन्तर्वार्तामा भनेका थिए कि दोस्रो कार्याकालको सुरूवातमा नै उत्कृष्ट काम गरिरहेकाले मलाइ तेस्रो पटक अमेरिकाको राष्ट्रपति बनाउन अमेरिकनहरू इच्छुक छन् ।

‘अमेरिकाका जनताले मलाई फेरि राष्ट्रपतिको चुनाव लड्न आग्रह गरिरहेका छन् । जनता मलाई तेस्रो पटक अमेरिकाको राष्ट्रपति बनाउन आतुर छन् किनभने राष्ट्रपतिका रूपमा मेरो १०० दिन अमेरिकी इतिहासमा सबैभन्दा ठूलो दिन भएको छ, हामीले धेरै कानुन परिवर्तन गरेका छौं। अनावश्यक कर शुल्कबाट हुने हानीलाई रोकिएको छ । मेरो ट्यारिफ नीतिले अमेरिकाले एक वर्षमा १७० लाख करोड रुपैयाँ कमाउनेछ। यसले अमेरिकन मध्यम वर्गलाई राहत दिनेछ,’ उनले भनेका छन् ।

ट्रम्पले थप भनेका छन, ‘पहिलो कार्यकालमा सीमामा सयौं माइल पर्खाल बनाइएको थियो । त्यसपछि यो रोकियो। मेक्सिकोको सिमानामा पर्खाल बनाइरहेका छौं। सिमाना सुरक्षित गरेर लागुऔषध संकटबाट बाहिर निस्कन्छौं । साथै २ करोड अवैध आप्रवासीलाई देश निकाला गर्नेछौं ।’

त्यसो त ट्रम्पलाई तेस्रो पटक राष्ट्रपति निर्वाचित गराउनका लागि दुई महिना अघि नै विधेयक पेश गरिएको छ । गत नोभेम्बरमा भएको चुनाव जितेपछि ट्रम्पले पहिलो पटक तेस्रो पटक राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका थिए । त्यतिबेला पनि उनले भनेका थिए– ‘म फेरि राष्ट्रपति पदमा उम्मेदवार हुन्छु भन्ने लाग्दैन् तर यदि जनता चाहन्छन भने म सोच्न सक्छु ।’

उनी निर्वाचित भएर पद तथा गोपनियताको सपथ लिए पछि गत जनवरीमा नै संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा ट्रम्पलाई तेस्रो पटक राष्ट्रपति बन्न बाटो खुल्ला हुने गरी र संसदवाट अनुमति दिनका लागि विधेयक पेश गरि सकिएको छ । खासमा, ट्रम्पलाइ पुनः राष्ट्रपति बन्ने बाटो खुल्ला गर्नका लागि यो विधेयक ट्रम्पको रिपब्लिकन पार्टीका सांसद एन्डी ओग्लेसले पेश गरेका हुन् ।

यो विधेयकमा कुनै पनि व्यक्ति जो लगातार दुई कार्यकाल राष्ट्रपति बनेको छ, उनी तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित हुने छैनन् तर बिचमा ग्याब भयो भने लगातार दुई कार्याकाल मान्न नसकिने तर्क गरिएको छ। बिधेयकमा तर्क गरिएको छ कि सन् २०२० मा ट्रम्पले जो बाइडेनसँग चुनाव हारेपछि उनी तेस्रो पटक राष्ट्रपति निर्वाचित हुन योग्य हुनेछन् किनभने उनी लगातार दुइ दुइ पटक राष्ट्रपति भएका होइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?