मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजदेखि कैन्दीबन्दीलाई सिलाइकटाइ एक महिनाको तालिम

मुस्ताङ – जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको आयोजनामा पुरुष कैदीबन्दीहरुको सीप क्षमता विकास, आयआर्जन, व्यवसायिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले आजदेखि एक महिनाको सिलाइकटाइ तालिम सञ्चालन गरिएको हो ।

पर्यटन तथा उद्योग कार्यालयको आार्थिक सहयोग तथा कारागार शाखाको व्यवस्थापनमा १० पुरुष कैदीबन्दीलाई तालिम दिइने कारागार शाखा मुस्ताङका निमित्त प्रमुख लालबाबु सहनीले जानकारी दिए । कारागारभित्र कुल १२ कैदीबन्दी रहेकामा दुई जना कैदीबन्दी वृद्ध भएका कारण तालिममा सहभागी हुन नसकेको निमित्त प्र्रमुख सहनीले बताए ।

कैदीबन्दीलाई तालिम दिन एक प्रशिक्षकसहित सिलाईकटाइसम्बन्धी सामग्री कार्यालयले उपलब्ध गराएको पर्यटन तथा उद्योग कार्यालय प्रमुख प्रेम पौडेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले संयुक्त रुपमा तालिमको आज उद्घाटन गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?