मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागकी सचिव क्रिस्टीको ब्याग रेस्टुरेन्टबाट चोरी

काठमाडौँ – अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागकी सचिव क्रिस्टी नोएमको ह्यान्डब्याग एक रेस्टुरेन्टबाट चोरी भएको छ । उनको झोलामा सेक्युरिटी ब्याज र ३००० अमेरिकन डलर नगदसमेत रहेको थियो।

यसबाहेक, ह्यान्डब्यागमा उनको ड्राइभिङ लाइसेन्स, औषधि, अपार्टमेन्टको चाबी र खाली चेक पनि रहेको थियो, जुन उनको चोरी भएको हो ।

होमल्याण्ड विभागले नोएमको सम्पूर्ण परिवार इस्टरको अवसरमा उनीसँगै रहेको बताएको छ। उनले आफ्नो परिवारसँग डिनर गर्न र उपहारहरू किन्न नगद प्रयोग गर्न लगेकी थिइन्।

युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी एक संघीय कार्यकारी कार्यालय हो। यसको मुख्य उद्देश्य अमेरिकालाई आतंकवाद र अन्य खतराहरूबाट सुरक्षित राख्नु हो। यसले सीमा नियन्त्रण, अध्यागमन, आतंकवाद र साइबर सुरक्षा जस्ता जिम्मेवारीहरू हेर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?