मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अफगानिस्तान विरुद्धको अन्तिम खेलमा नेपालको सान्तवना जीत

काठमाडौँ – नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाली युवा टोली डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ८५ रनको जित निकालेको हो ।

मुलपानी किकेट मैदानमानेपालले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाउँदै ४६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनः खेलाउन नसकिने भएपछि नेपाललाई विजेता घोषणा गरिएको हो ।

तर यो जित नेपालका लागि भने सान्त्वना जीत मात्रै रहन पुग्यो । अफगानिस्तानले तीनवटा खेलको शृंखला मध्ये २ जीत आफ्नो पक्षमा पारेको थियो । यसअघि अफिगानिस्तानले १३० र एक रनको जित निकालेर शिर्ष स्थानमा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?