मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चैते दसैँमा कालिका भगवती मन्दिरमा रु ४२ लाख भेटी सङ्कलन

बागलुङ। चैते दसैँमो अवसरमा कालिका भगवती मन्दिरमा रु ४२ लाख ६३ हजार भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर उक्त रकम सङ्कलन भएको हो ।

गत वर्षको तुलनामा यस वर्ष रु दुई लाखभन्दा बढी भेटि सङ्कलन भएको हो । गण्डकी प्रदेशको प्रमुख शक्तिपीठमध्येको ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा यस वर्ष आएका सात लाखभन्दा बढी दर्शनार्थी आएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

“चैते दसैँको मुख्य दिनमा अहिलेसम्मकै धेरै भक्तजन र अहिलेसम्मकै धेरै भेटी सङ्कलन भएको छ”, खड्काले भन्नुभयो “अष्टमीमा एकै दिन तीन लाखभन्दा बढी भक्तजन आएका थिए, उक्त दिन ट्राफिक व्यवस्थापनमा समेत हम्मे–हम्मे परेको थियो ।

बागलुङ कालिका मन्दिरमा वडा दसैँ र चैते दसैँ अनि शनिबार र मङ्गलबार विशेष पूजा हुन्छ । मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाइ हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?